१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


ईमेज प्रतिष्ठानको समन्वयमा मनराम ग्रुपद्वारा अपाङ्ग बालबालिकालाई खाद्यान्न सहयोग


0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ ईमेज प्रतिष्ठानको समन्वयमा मनराम ग्रुपले शारिरीक रुपले अशक्त व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

लामो लकडाउनका कारण बिहान बेलुकीको छाक टार्न समस्यामा परेका काठमाडौको जोरपाटीमा रहेका शारिरीक रुपले अशक्त व्यत्तिरुलाई दाल, चामल, नुन,तेललगायतका अतिआवश्यक खाद्यान्न सहयोग गरेको मनराम ग्रुपका उप प्रबन्धक अतिन प्रधानले बताउनुभयो ।

त्यसैगरी सुन्दरी जलमा रहेको लवप्रसाद बालगृहमा रहेका १७ जना अनाथ बालबालिकालाई समेत मनराम गु्रपले खाद्यान्न सहयोग गरेको हो । कोरोनाका कारण गरिएको लकडाउनले सबै भन्दा बढी प्रभावित शारिरीक रुपले अशक्त व्यक्ति र बालबालिका परेका छन् ।

लकडाउनमा रोजगारी गुमेको र काम गर्न सक्ने अवस्था नभए पछि समस्यामा परेको शारिरीक रुपले अशक्त रामकाजी मिजारले बताउनुभयो । मनराम गु्रपले शारिरीक रुपले अशक्त व्यक्तिहरुको घरपरिवारमा पुगेरै खाद्यान्न विबतरण गरेपछि हिड्डुल गर्न नसक्ने अवस्थाका व्यक्तिहरुले राहत पाउँदा खुशी भएको बताउनुभयो ।