४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


भारतमा यास चक्रवातका कारण चार जनाको मृत्यु, १० लाख भन्दा बढी प्रभावित


0
Shares

एजेन्सी । पूर्वी भारतमा यास् चक्रवातले कम्तीमा चार जनाको मृत्यु भएको छ ।

आँधीका कारण कैयौं सर्वसाधारण घरबारविहीन भएके भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । उक्त चक्रवातले भारतको पश्चिम बंगाल र उडिशा राज्य तथा दक्षिणी बंगलादेशमा अत्यधिक प्रभाव पारेको छ ।

चक्रवात सुरू हुनुअघि नै तटीय क्षेत्रका दश लाखभन्दा धेरै मानिसलाई सुरक्षित क्षेत्रतर्फ विस्थापन गरिएको थियो । दुई सातायता भारतमा आएको यो दोस्रो समुद्री आँधी हो ।

अघिल्लो साता टाउटे आँधीले पश्चिम भारतमा १५० जनाको ज्यान लिएको थियो । कोरोना महामारी जारी रहेका बेला भारतमा शक्तिशाली समुद्री तुफान आएको हो ।

आँधीका कारण तटीय क्षेत्रमा तीव्र हावाहुरी आउनुका साथै भारी वर्षा पनि भएको छ । आँधीका कारण घरहरू भत्किएका छन् भने ठूला छालले तटीय नगरहरू डुबानमा परेका छन् । भारतीय मौसम विभागका अनुसार चक्रवात पश्चिमतर्फ सर्दै गएको र कमजोर हुँदै गएको छ ।