
फाइल तस्बिर
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा आजबाट सुनुवाइ सुरु हुने भएको छ ।
सर्वोच्चमा दायर भएका रिट निवेदनमध्य १९ वटै रिट निवेदन प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाको एकल इजलासमा सुनुवाइ हुने भएकाे हाे।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संबिधानको धारा ७६ को उपधारा ५ बमोजिको प्रधानमन्त्रीको नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्चमा दायर भएका छन् ।
विपक्षी दलहरूसहितको गठबन्धनले १४६ सांसदको हस्ताक्षरसहित संसद् पुनस्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी निवेदन दर्ता गराएको छ ।
प्रधानमन्त्रीले ओलीले गरेको सिफारिस बमोजिम केही दिन अघि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्