
रौतहट । रौटहटमा चौथो पटक निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले भिडभाड र मानिसको आवतजावत नियन्त्रण गर्न जेठ १९ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना संक्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।
रौतहटमा हालसम्म कोरोना संक्रमणबाट ८६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय रौतहटमा १ हजार ३२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने २ सय ३८ जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्