१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङ चिकित्सक अभाव


0
Shares

बागलुङ । बागलुङमा दरबन्दी अुनसारको चिकित्सक नुहँदा कोरोना संक्रमितको उपचारमा समस्या हुन थालेको छ ।

सबै स्थानीय तहले अक्सिजन सहितका आइसोलेशन कक्ष स्थापना गरेका छन् तर पाँच स्थानीय तहमा मात्रै चिकित्सक छन् ।

सरकारले अस्थायी कोरोना अस्पतालका लागि एक पालिकामा एक चिकित्सकको दरबन्दी तोके पनि पाँच वटा स्थानीय तहले चिकित्सक नियुक्ति गर्न नसकेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

जिल्लामा १ सय २० शैयाको कोरोना अस्पताल र ३७ शैयाको अक्सिजन सहितको अस्पताल गरी जिल्लामा जम्मा १ सय ५७ बेडको अस्थायी कोरोना अस्पताल रहेको छ ।

धौलागिरी अस्पतालमा ३५ शैयाको आइसोलेशनमा २१ जना चिकित्सक कार्यरत छन् । १० स्थानीय तह मध्ये १० बेडको ढोरपाटन अस्थायी कोरोना अस्पतालमा तीन चिकित्सक र दुई नर्स, बागलुङ नगरपालिकाको रात्माटामा रहेको ३५ बेडको आइसोलेशनमा धौलागिरी अस्पतालका चिकित्सकहरुले काम गर्दै आएका छन् ।