१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खेल तालिका सार्वजनिक : जोकोभिच, नदाल र फेडेररमध्ये एक जना मात्रै फाईनलमा


0
Shares

एजेन्सी । यस वर्षको फ्रेन्च ओपन टेनिसको खेल तालिका सार्वजनिक गरिएको छ ।

तालिका अनुसार शिर्ष खेलाडीहरु नोभाक जोकोभिच, राफेल नदाल र रोजर फेडेरर एकै हाफमा परेका छन् । यसको अर्थ यी तिन शिर्ष खेलाडीहरुमध्ये एक जना मात्रै फाईनलमा पुग्न सक्नेछन् ।

आ–आफ्नो खेल जित्दै गएको अवस्थामा सेमिफाईनलमै साविक विजेता नदालले जोकोभिचको सामना गर्नुपर्नेछ । आफ्नो पहिलो खेलमा नदालले अष्ट्रेलियाका अलेक्सी पोपिरिनको सामना गर्दा जोकोभिचको भेट अमेरिकाका टेनिज स्यान्डग्रेनसँग हुनेछ ।

३९ वर्षिय फेडेररे भने पहिलो खेलमा एक जना ‘क्वालिफायर’सँग भिड्नेछन् । यस वर्षको फ्रेन्च ओपन टेनिस यही आइतबारदेखि सरु हुँदैछ । ‘क्ले कोर्ट किङ’को उपनाम पाएका नदाल १४ औं पटक फ्रेन्च ओपन जित्ने अभियानमा रहेका छन् ।

यस पटक उपाधि जितेको खण्डमा नदाल करियरमा सबैभन्दा बढी २१ पटक ग्राण्ड स्लाम जित्ने खेलाडी बन्नेछन् । नदालले अहिले रोजर फेडेररकै बराबर २० पटक ग्रान्ड स्लाम जितेका छन् ।