१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकामा आजदेखि किराना पसल पनि बन्द : तरकारी, माछा मासु र डेरीजन्य पसल मात्रै खुल्ने


0
Shares

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाका किराना पसलहरु समेत बन्द हुने भएका छन् ।

उपत्यकाका तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले कोरोना रोकथामको लागि जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याउदै थप कडाई गरेका हुन् ।

काठमाडौं उपत्यकामा कोरोना भाईरसको मृत्युदर र संक्रमणदर सोचे अनुसार नियन्त्रणमा नआएपछि थप कडाई गरिएको हो । आजदेखि थप गरिएको निषेधाज्ञामा एकसाताका लागि खाद्यान्न पसल पूर्ण रूपमा बन्द गरिनेछन् ।

सागसब्जी, माछामासु, दुध किनबेचको लागि बिहान ९ बजेसम्म समय तोकिएको छ । मालवाहक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ ।

बैंक तथा वित्तीय क्षेत्रलाई सीमित कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न भनिएको छ । अत्यावश्यक दैनिक उपभोग्य र इन्टरनेट सेवासम्बन्धी सवारी राति ९ देखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालयबाट दिइने सेवा पनि स्थगित गरिएको छ ।