१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर अमेरिका र चीनको सम्बन्ध फेरी चिसियाे


0
Shares

एजेन्सी । कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर अमेरिका र चीनको सम्बन्ध फेरी चिसिएको छ ।

अमेरिकाले कोभिड १९ को उत्पत्तिबारे थप अनुसन्धान गर्ने जनाएपछि चिनले यसको विरोध गरेको हो ।

अमेरिका र बहुराष्ट्रिय प्रयासहरु राजनीतिक अभिष्ठबाट प्रेरित भएको आरोप लगाउँदै चीनले भाइरसको उत्पत्तिबारे आफै स्वतन्त्र छानविन गर्ने जनाएको हो ।

सन् २०१९ को अन्त्यमा चीनकाे वुहान शहरमा पहिलो पटक कोरोना भाइरसका संक्रमित भेटिएका थिए ।

अमेरिकाले चीनको एउटा प्रयोगशालाबाटै यो भाईरस चुहावट भएको र विश्वभर फैलिएको हुनसक्ने तर्क गर्दै आएको छ । तर चीनले भने यसलाई अस्विकार गरिरहेको छ ।

भाईरसको उत्पत्तिलाई लिएर चिनमाथि पुराना रिसीबीहरु साँध्ने काम भईरहेको उसको आरोप छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भाईरसको उत्पत्तिबारे अमेरिकी जासुसी निकायले गरेको छानविनको प्रतिवेदन सार्वजनिक गर्ने तयारी भईरहेको बेला चीनले स्पष्ट भाषामा अमेरिकी प्रयासलाई निरर्थक बताएको हो ।