
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर सम्बन्धी सबै रिट निवेदनमाथि आजदेखि सवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले हिजो प्रतिनिधि सभा विघटनविरूद्धका १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।
हिजो सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश दन अस्विकार गर्दै रिटहरुलाई एकमुष्ठ संवैधानिक इजलासमा पठाउनुभएको हो ।
संवैधानिक इजलासमा यसअघि नै विघटनसम्बन्धी ११ वटा रिट दर्ता भइसकेका छन् । अब ती सबै ३० वटा मुद्दाको सुनुवाइ आज संवैधानिक इजलासमा हुने सर्वोच्चले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्