
फाइल तस्वीर ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमणको घटनाको छानबिन गरि दोषीमाथि कडा कारवाहीको माग गर्नु भएको छ ।
सभापति देउवाले स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्नु भएको हो ।
सभापति देउवाले शुक्रबार फेसबुकमार्फत महामारीका बेला ठूलो जोखिम लिएर विरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथिआक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताउनु भएको छ ।
‘यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्,’ सभापति देउवा लेख्नुहुन्छ ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्