
विराज रोस्यारा
कैलाली । कैलालीको गोदावरी नगरपालिका स्थित दुर्गालक्ष्मी सामुदायीक वनको जमिनमा जनयुद्धका घाइते अपांग संरक्षण मञ्च नामक संस्थाको भवन निर्माण शुरु भएको छ । प्रदेश सरकारको लगानीमा सहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट सम्झौता गरी सो भवन निर्माण शुरु भएको हो ।
सामुदायिक वनमा भवन बनाउन सुदूरपश्चिम प्रदेश सरकारले ३० लाख रकम दिएको खुलेको हो । वन संरक्षणका लागी सरकारकै पहल आवश्यक भएका बेला सरकारकै निकायले राजनीतिक आडमा सामुदायीक बनमा भवन निर्माण गर्न लागेको हो । प्रदेश सरकार मातहतको सहरी बिकास तथा भवन निर्माण कार्यालयसंगै बनका कर्मचारीहरुको मिलोमतोमा सो भवन निर्माण भइरहेको दुर्गालक्ष्मी सामुदायीक बन गोदावरीका उपभोक्ता गोपाल तिमिल्सिनाले आरोप लगाउनु भयो ।
सामुदायीक वनको जमिनमा पक्की संरचना बन्दासम्म डिभिजन बन कार्यालय कैलाली तथा सब डिभिजन वन कार्यालय अत्तरिया मुखदर्शक बनेका छन् । यता, सब डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख शेरबहादूर भण्डारीपनि भवन निर्माण भइरहेको सुचना पाएसंगै निर्माण कार्य रोक्न निर्देशन दिएको बताउनु भएको छ ।
जनयुद्धका घाइते अपांग संरक्षण मञ्च संस्था तत्कालिन माओवादी लडाकुहरुका लागि खोलिएको संस्था हो । यही जनयुद्धका घाइते अपांगहरुका नाममा पैँसा अशुल्न यहाँका माओवादी नेताहरुनै लागेको बताईएको छ ।
दुर्गालक्ष्मी सामुदायीक बनकी अध्यक्ष दुर्गा कडायतलाई भवन निर्माणबारे यो प्रश्न गर्दा आफुलाई थाहा नभएको प्रतिकृया दिनुभयो । आफु कोभिड संक्रमित भएका कारण बोल्न नसक्ने बताउँदै उहाँले भवन निर्माण बारे कुनै थाहा नभएको बताउनु भएको छ । तर सहरी बिकास तथा भवन निर्माण कार्यालय धनगढीका प्रमुख ईन्द्रबहादुर स्वाँरले भने सामुदायीक वन उपभोक्ता समुहको पत्र सहित आएकाले सम्झौता गरेको बताएका छन् । सामुदयिक वन जोगाउनुपर्ने बेलामा प्रदेश सरकारले नै भवन बनाउन रकम दिनु लज्जास्पदको विषय हो ।
प्रतिक्रिया दिनुहोस्