
तस्विर फाइल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो । सम्बोधन समसामयिक विषयमा केन्द्रित हुने बताईएको छ ।
आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले गर्न लागेको सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ । सरकारले भोलि अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।
संसदमा सघन छलफल गरी बजेट ल्याउनुपर्ने समयमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नै विघटन गरेपछि अध्यादेशबाट बजेट ल्याउनुपर्ने बाध्यता देखिएको हो । २०७२ सालमा नयाँ संविधान जारी भएपछि अध्यादेशबाट बजेट आउन लागेको यो पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस्