
काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन्। एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर मृतकका भाइ हुन् भने बाँकी दुई जना मृतकका छोरा हुन्।
दाङका ५४ वर्षीय संक्रमितको बिहिवार राती उपचारका क्रममा मृत्यु भएकाे थियाे । बिरामीको मृत्यु भएपछि अस्पतालको कोभिड वार्डमा खटिएका चिकित्सक तथा नर्सहरुमाथि कुटपिट भएको थियो। मृतककाे कोरोना संक्रमितहरुको उपचार हुने आईसीयूमा उपचार भइरहेकाे थियाे । उनका आफन्तले आईसीयू कक्षमै पसेर नर्सको घाँटी थिचेका थिए। त्यसपछि अन्य चिकित्सक र नर्समाथि समेत हातपात गरेका थिए।
ड्युटीमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण हुन थालेपछि बिरामीलाई छाडेर उनीहरुको भागाभाग भएको थियो। कतिपय ज्यानकै जोखिम बढेको भन्दै अस्पतालको माथिल्लो तलाबाट हाम्फालेका थिए।
घटनाबारे थप बुझ्नका लागि लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुक नेपालगञ्ज जाँदै हुनुहुनुहुन्छ । घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ
प्रतिक्रिया दिनुहोस्