१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


महाकाली पूर्वको जमिन फिर्ता ल्याइन्छ– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको भएकाले सो जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताउनुभएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्तर्क्रिया गर्दै उहाँले वर्षौदेखि नेपालको भूमि भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने पनि बताउनुभएको हो ।

ओलीले महाकाली नदी पुर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचीमा पनि राखिसकेको स्मरण गर्दै भू–भाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको बताउनुभयो ।

छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाइ हुनसक्ने बताउँदै उहाँले सबै समस्याको समाधान वार्ता मार्फत गरिने जानकारी दिनुभयो । उहाँले भारतसँग नेपालको मित्रतापूर्ण सम्बन्ध भएकोमा आस्वश्त तुल्याउनुभयो ।

कतिपयले आफूलाई भारतसँग सम्बन्ध बिगोरेको र कतिपयले भारतको इसारामा काम गरिरहेको भन्ने आरोप लगाउने उल्लेख गर्दै उहाँले आपसमा विवादास्पद दुवै आरोपहरू कसरी सत्य हुनसक्छन् भनी प्रश्न गर्नुभयो ।