
टेकराज अवस्थी
डडेल्धुरा । डडेल्धुरा अस्पतालमा अक्सिजन आपूर्ति सहज हुँदै गएको छ ।
संघीय सरकार मातहतमा रहेको सुदूरपश्चिम प्रदेशको एक मात्र डडेल्धुरा अस्पतालमा अहिले दानदाता र सामाजिक संघ–संस्थाको पहलमा अक्सिजन आपूर्ति सहज भएको अस्पताल विकास समितिले जनाएको छ ।
कोरोना संक्रमणका बिरामीको चाप बढ्दै गएपछि विभिन्न संघ–संस्थाहरूको सहयोगमा अक्सिजन आपूर्तिका कारण उपचारमा सहज हुँदै आएको डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो ।
सुरुमा अस्पतालसँग ५०–६० थान मात्र सिलिण्डर रहेकोमा केही आन्तरिक श्रोतबाट खरिद र संघीय सरकारबाट डडेल्धुरा अस्पतालमा पहिलो पटक ५० थान, भक्तबीबी हेल्पिङ ह्याण्डस फर ह्युमिनिटी नामक संस्थाले ३८ थान सिलिण्डर सहित अन्य सहयोगबाट प्राप्त गरी उपलब्ध भएसँगै अहिले अस्पताल सँग २ सय भन्दा बढी सिलिण्डर रहेको अस्पताल स्रोतले जनाएको छ ।
पछिल्लो समय संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । अस्पताल विकास समितका अध्यक्ष ओझाका अनुसार अहिले अस्पतालमा दैनिक ५० देखि ६० वटा परीक्षण हुने गरेको र हाल अस्पतालमा ४५ जना कोरोना संक्रमित उपचारत रहेकोमा हप्तादिनका लागि अक्सिजन अभाव नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्