१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कुखुरापालक किसानको गुनासो, ‘न बिक्री हुन्छ, न दाना ढुवानी सजिलो छ’


0
Shares

सोलुखुम्बु । कोरोना कहरका कारण गरिएको निषेधाज्ञाका कारण स्थानीय बजार बन्द भएपछि सोलुखुम्बुमा व्यावसायिक कुखुरापालक किसान समस्यामा परेका छन् ।

७० हजार क्रोइलर कुखुरा बिक्रीका लागि तयार भए पनि स्थानीय बजार बन्द हुँदा बिक्रीमा समस्या भएको नेचासल्यान गाउँपालिका–३ कुखुरापालक किसान रामप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार बाहिर जिल्लाबाट कुखुरालाई आवश्यक पर्ने दाना खरिद गरेर ल्याउन पनि समस्या भएको छ ।

निषेधाज्ञाका कारण बिहीबारे बजार पनि बन्द भएपछि जिउँदो कुखुरा बिक्रीमा समस्या भएको गीता बहुउदेश्य कृषि तथा पशुपन्छी फार्मका सञ्चालक वीरबहादुर भण्डारीले बताउनुभयो । निषेधाज्ञाकै कारण आफूले पालेको ब्रोइलर जातको कुखुरा बिक्री घटेको अर्का किसान माप्यदूधकोशी गाउँपालिका–५ का खड्ग नाछिरिङको दुःखेसो छ ।

अहिले जिल्लामा व्यवसायिक कुकुरापालनतर्फ कृषकहरूको आकर्षण बढ्दै गएको छ । गाउँ–गाउँमा दर्जनौं कुखुरा फर्म सञ्चालनमा आएका छन् । कोरोना र विभिन्न रोगका कारण कृषकमा निरासा छाउन थालेको छ । उनीहरूले कुखुराको बिक्रीवितरणमा सरकारले सघाउनुपर्ने माग गरेका छन् ।