१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


१८ गतेबाट चीन, कतार र टर्कीमा हवाइ उडान सुरु, यस्ता छन् यात्रुका लागि नियम


13
Shares

काठमाडौं । सरकारले आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाइ उडान सुरु गर्नेभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाइ उडान सञ्चालन गर्न दिने निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु गर्ने निर्णय भएको जानकारी गराउनुभयो ।

साथै उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको उहाँले बताउनुभयो ।

मुलुकबाट नेपाल आउने यात्रुले कोभिड–१९ संक्रमण विरुद्धका दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टिनमा बस्नुपर्ने, एक मात्रा मात्रै खोप लगाएको व्यक्ति होटलमा ३ दिन क्वारेन्टिनमा बस्नुपर्ने, ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने छ ।

संकटमा परेका व्यक्तिहरू शोषणमा नपरुन् भन्ने उद्देश्यका साथ यो निर्णय गर्नुपरेको स्वास्थ्यमन्त्री ढकालले बताउनुभयो ।