१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चालु आर्थिक वर्षमा ४ प्रतिशत आर्थिक वृद्धिदर हुन पनि कठिन रहेको अर्थमन्त्रीको भनाइ


0
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्ष ४ प्रतिशत आर्थिक वृद्धि हुन पनि कठिन रहेको बताउनुभएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै संशोधित ४ दशमलव शून्य १ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन पनि मुश्किल हुने निष्कर्ष सुनाउनुभएको हो ।

सरकारले चालु बर्ष आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो । केन्द्रीय तथ्याङ्क विभागले भने ४ दशमलब शून्य १ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो ।