१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतमा कोरोना संक्रमणदरमा कमी, मृत्युदर अझै उच्च


0
Shares

एजेन्सी । कोरोनाको दोस्रो लहरको चपेटामा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या ४४ दिनयताकै सब भन्दा कम हो ।

भारतमा कोरोना सुरु भएयता देशभर कूल संक्रमितको संख्या २ करोड ७५ लाख भन्दा बढी पुगेको छ । यहाँ हाल २३ लाख ४३ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

विगत २४ घण्टामा २ लाख ५९ हजार बढी संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।

तर, भारतमा मृत्यु दर भने अझै उच्च रहेको छ । २४ घण्टाको अवधिमा ३ हजार ६६० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।