
बिराज रोस्यारा
कैलाली । नेपाल कम्युनिष्ट पार्टी एमालेले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा लाल बहादुर खड्का नियुक्त हुनुभएको छ ।
यसअघि प्रमुख सचेतक रहनुभएका तारा लामा तामाङ प्रदेश सरकारमा मन्त्री हुने निश्चित भएपछि थापालाई संसदीय दलका नेता प्रकाश बहादुर शाहले प्रमुख सचेतक नियुक्त गर्नुभएको हो ।
संसदीय दलका नेता शाहले सचेतकमा दुर्गा कुमारी कामीलाई चयन गरेका छन् । यसअघि अक्कल रावल सचेतक रहेका थिए ।
रावल पनि मन्त्री बन्ने लाइनमा भएपछि सचेतक पनि परिवर्तन गरेको स्रोतले बताएको छ । आजै सुदूर पश्चिम प्रदेश सरकारमा मन्त्रीहरू थपिने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्