
तस्विर फाइल
प्यूठान । जिल्लामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ ।
शुक्रबार बसेको जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समितिको बैठकले १६ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।
बैठकले जिल्लामा कोरोना भाइरसको संक्रमण अझै नियन्त्रण नभएको भन्दै निषेधाज्ञा थप गरिएको भुसालले बताउनुभयो । प्यूठानमा योसँगै तेस्रो पटक निषेधाज्ञा थप गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्