
बागलुङ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी)ले बागलुङमा थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको बैठकले कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको भन्दै जेठ २२ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।
निषेधाज्ञामा खाद्यान्न, किराना पसल तथा अन्य निर्माणका काममा समेत थप कडाइ गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।
गत वैशाख २१ गतेदेखि जारी निषेधाज्ञा दुईपटक सम्म थप गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्