
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट ९ हजार ८ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । देशभर २० हजार १ सय १० जनामा गरिएको परीक्षणमा ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशमा कुल संक्रमितको संख्या पाँच लाख ४९ हजार १ सय ११ पुगेको छ ।
अघिल्लो दिन ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएकामा शुक्रबार ६९५१ मा संक्रमण देखिएको हो । अघिल्लो दिन २० हजार ४१४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो भने शुक्रबार २० हजार १ सय १० जना गरिएको मन्त्रालयले जनाएको छ । अघिल्लो दिन १०६ जनाले ज्यान गुमाउँदा शुक्रबार यो संख्या ९६ रहेको मन्त्रालयले जानकारी दिएको हो ।
यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३ सय ९४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्