
सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु गाउँपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि अनुमित दिन संघीय सरकारसँग माग गरेको छ ।
पालिकाले आफैँ खोप किन्ने निर्णय गर्दै सरकारसँग खरिद अनुमति मागेको हो ।
कोभिड–१९ को दोस्रो लहरपछि संक्रमित बढेसँगै हेलम्बुवासीको जीवन रक्षा गर्न पालिकाकै स्रोत साधनले खोप किन्न अनुमति मागेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
अध्यक्ष शेर्पाका अनुसार करिब २० हजार जनसंख्या रहेको हेलम्बुमा गाउँपालिकाका १५ हजार नागरिकलाई खोप आवश्यक पर्छ ।
संघीय सरकारले खोपको व्यवस्था गर्न सक्दैन भने स्थानीय तहलाई तुरुन्त अनुमति दिएर प्रकृया अघि बढाउनु पर्नेमा अध्यक्ष शेर्पाको जोड छ ।

प्रतिक्रिया दिनुहोस्