२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपाली सेनाको ‘अपरेशन महाहन्ट’, विभिन्न स्थानबाट ६ जना पक्राउ


0
Shares

काठमाडौं । नेपाली सेनाले सञ्चालन गरेको ‘अपरेशन महाहन्ट’ अन्तर्गत विभिन्न स्थानबाट ६ जना पक्राउ गरेको छ ।

काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ सेनाले चिलाउनेबाट १५ किलो बँदेलको मासु सहित एक जनालाई पक्राउ गरेको हो । सेनाको टोलीले गोकर्णेश्वर नगरपालिका–१ चिलाउनेका ५० वर्षीय धनबहादुर तामाङलाई पक्राउ गरेको छ ।

त्यस्तै, पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ सिद्धिबक्स गणको सुरक्षा पोष्ट चकरी र निकुञ्ज प्रशासन सहितको संयुक्त टोलीले निकुन्ज अतिक्रमण गरेर घर टहरा बनाएर बस्ने एक जनालाई पक्राउ गरेको छ ।

साथै खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ सिंह शार्दुल गुल्मको पट्रोल टोलीले छन्ना गाउँपालिका ५ स्थित घोडादाउन्ना पाटन निकुञ्जको कोर इलाकामा अवैध रुपमा जडीबुटी संकलन गरिरहेका ४ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

सतुवा काँचो ३५ केजी, वन लसुन काँचो ८ केजी र गदाल्नो काँचो साढे १ केजी जडीबुटीसहित उनीहरूलाई पक्राउ गरेको सेनाले जनाएको छ ।