
बिराज रोस्यारा
कैलाली । नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टिकरण समेत चित्तबुझ्दो नदिइ माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो ।
निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन् । यसैबीच माधव नेपाल पक्षमै विवादपछि कृष्ण सुवेदी र माया भट्ट आज विस्तारित मन्त्रिमण्डलमा छुटेका छन् ।
आजै तीन मन्त्रीले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री पदको शपथग्रहण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्