बुटवलमा कोभिड अस्पतालको आईसीयूमा पानी चुहियो, बाल्टी भरेर फाल्दै नर्स • Image Khabar Image Khabar


बुटवलमा कोभिड अस्पतालको आईसीयूमा पानी चुहियो, बाल्टी भरेर फाल्दै नर्स


Imagekhabar
१४ जेष्ठ २०७८, शुक्रबार २०:०५

बुटवलमा कोभिड अस्पतालको आईसीयूमा पानी चुहियो, बाल्टी भरेर फाल्दै नर्स

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले रामनगर स्थित धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा पानी चुहिन थालेको छ । तीन दिनदेखिको झरीका कारण आईसीयू कक्षमा पानी चुहिएको हो ।

आईसीयू कक्षमा पानी चुहिएर जलमग्न भएपछि नर्सहरूले बाल्टीमा उठाएर पानी फाल्ने गरेका छन् । पुराना भवनमा तयार गरिएको आइसीयूकक्षमा गत वर्ष पनि पानी चुहिएको थियो ।

एक नर्सका अनुसार यसपटक पानी धेरै चुहिएको र आईसीयूनै जलमग्न भएको छ । उहाँले भन्नुभयो, ‘पानी चुहिएपछि बाल्टीले उठाउँदै फाल्दै बसेका छौं । गत वर्ष पनि पानी पर्दा मर्मत गर्न भनिए पनि मर्मत नभएकाले बिरामीले समेत दुःख पाए । अहिले पनि उस्तै छ ।’

त्यहाँ अहिले १३ जना बिरामीले उपचार सेवा लि‍इरहेका छन् । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकले पुरानो भवन भएका कारण पानी चुहिएको बताउनुभयो । भवन केही ठूलो भएका कारण बेड सारेर भए पनि अहिले काम चलाइएको उहाँको भनाइ छ । उहाँले पानी पर्न रोकिनासाथ व्यवस्थापन पक्षसँग कुरा गरेर मर्मत गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्