
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भेरी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको हातपात र दुर्व्यवहार निन्दायोग्य भएको बताउनुभएको छ ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उहाँले आफ्नो र परिवारको जीवन जोखिममा राखेर बिरामीको सेवामा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरू लाई हौसला र प्रोत्साहनको खाँचो भएको उल्लेख गर्नुभएको छ ।
सभाुमख सापकोटाले चिकित्सक र नर्सहरुको मनोबल कमजोर बनाउने कार्य कतैबाट कसैले नगर्न आग्रह गर्नुभएको छ ।
भेरी अस्पतालमा बिहीबार बेलुका एक कोभिड संक्रमणको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार गरेका थिए । उनीहरूले आईसीयूमा उपचाररत बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरेकाले मृत्यु भएको दावी गर्दै स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेका थिए ।
हातपात र दुर्व्यवहारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । घटनापछि काम रोकेका स्वास्थ्यकर्मीले पक्राउ गरी मुद्दा चलाएपछि भने पुनः काममा फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्