२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ६० खर्ब डलरको बजेट प्रस्ताव


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामि आर्थिक वर्षको लागि ६० खर्ब डलरको बजेट प्रस्ताव गरेका छन् ।

राष्ट्रपति बाइडेनले अमेरिकामा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो खर्च गर्ने तयारी गरेका हुन् । अमेरिकी सदनले अनुमोदन गरेपछि यो खर्च प्रस्ताव कार्यान्वयनमा जानेछ ।

गर्त वर्ष तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ खर्ब डलरको बजेट ल्याएका थिए । बाइडेनको निकै महत्वकांक्षी बजेटमा झण्डै १० खर्ब त संघिय सरकारको घाटा कम गर्न विनियोजन गरिएको छ ।

यसका साथै सामाजिक सुरक्षा र भौतिक पूर्वाधारको विकास एवं स्तरोन्नतीमा ठूलो हिस्सा छुट्याईएको छ । खासगरी सडक, पुल, तिव्र गतिको इन्टरनेट र खानेपानीको पाईपलाईनमा उल्लेखनीय खर्च गर्ने बाइडेनको तयारी छ ।

आफ्नो प्रस्तावित बजेटको रक्षा गर्दै बाइडेनले यो बजेटले प्रत्यक्षरुपले अमेरिकी जनतामाथि लगानि गर्ने बताएका छन् । साथै अमेरिकी अर्थतन्त्र र वित्तिय स्थिरतालाई बजेटले थप मजबुत पार्ने उनको दावी छ ।