१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जापानमा स्वास्थ्य सङ्कटकाल जून २० सम्म थपियो


0
Shares

एजेन्सी । जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा थप तीन हप्ताका लागि विस्तार गरेको छ ।

जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० सम्मका लागि सङ्कटकाल बिस्तार गरिएको हो।

एसिया–प्रशान्त क्षेत्रमा कोभिड–१९ सङ्क्रमण र मृत्युका घटनामा अझै अपेक्षाकृत कमी नआएपछि उक्त क्षेत्रका अधिकांश मुलुकहरूले उच्च सतर्कता अपनाएका छन् ।

कोभिड–१९ नियन्त्रणका लागि अपनाइएका प्रतिबन्धहरूले रेस्टुरेन्टहरुलाई मदिरा बेच्न वा प्रत्यक्ष सेवाहरू प्रदान गर्न रोक लगाएको छ ।

स्वास्थ्य सावधानीका लागि विद्यालयहरू बन्द गरिएका छन् साथै ठूलो खालका भेला तथा सम्मेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमहरूलाई पालना गर्नुपर्ने बताइएको छ ।

जापानमा सङ्कटकालको अवधि लगातार बढ्दै जादा आसन्न ओलम्पिक खेल प्रभावित हुने संभावना बढ्दै गएको छ । अघिल्लो वर्ष नैं हुनुपर्ने ओलम्पिक खेल कोरोना महामारीकै कारण यो वर्षका लागि सारिएको थियो ।