
काठमाडौं । आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बाेलाउनु भएकाे हाे ।
बजेट भाषण हुनुअघि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बस्न लागकाे छ ।
सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको छ । आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्दै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्