१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गणतन्त्र दिवस : चितवन कारागारबाट १४ जना कैदीवन्दी रिहा


0
Shares

चितवन । चितवन कारागारबाट १४ जना कैदीवन्दी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा उनीहरु रिहा भएको जेलर कमल काफ्लेले जानकारी दिनुभयो ।

जसमा सवारी ज्यानका ८ जना, कर्तव्य ज्यानका १, ज्यानमार्ने उद्योगका ३, लापार्वाही ज्यानका १ र चोरीका १ जना कैदीवन्दी रिहा भएका हुन् । रिहा हुनेहरुमा चितवन, नवलपरासी,रुपन्देही,पर्सा,दाङ लगायत जिल्लाका छन् ।

व्यवहारमा सुधार आएका र कानुनले छुट दिएको मुद्दामा जेल परेकाहरुलाई मात्रै सिफारिस गर्ने गरिन्छ । जवरजस्ती करणीका १७४ जना, लागूऔषधका १४७ जना गैँडा खाग तस्करीका ६७ जना लगायत कैदीवन्दी रहेका छन् ।

यी मुद्दाका कैदीवन्दीलाई रिहाको लागि सिफारिस गर्नै प्रतिवन्ध रहेको काफ्लेले बताउनुभयो । यसरी रिहा भएका मध्ये चोरी मुद्दामा छुटेकाहरु पुन चोरीमा लाग्ने गरेको र जेलमै पर्ने गरेको भएपनि अन्य मुद्दाका भने त्यस्तो गल्ती दोहोर्याएको आफूले नपाएको काफ्लेले बताउनुभयो ।

एक पटक रिहा हुने अवसर पाएकाहरु पुन जेल परे यो सुविधा नपाउने उहाँको भनाई छ । यसैबीच, कारागारमा क्षमता भन्दा दोब्बरले बढि कैदीवन्दी राखिएको छ ।

२५ जना महिला र २५५ जना पुरुष गरी २८० जना राख्ने क्षमता रहेको यहाँ अहिले ६७७ जना रहदै आएका छन् । जसमा ४९ जना महिला र ३ आश्रित वालिका सहित ५२ जना र ६२८ जना पुरुष रहेका छन ।