
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावबारे भ्रमपूर्ण प्रचारप्रसार गरिएको भन्दै गुनासो गर्नु भएको छ ।
गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष रहेको बताउनुभयो ।
निर्वाचनले सरकारलाई सुदृढ बनाउनुका साथै जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले चुनाबै हुदैन भनेर भ्रमपूर्ण प्रचार निराधार भएको बताउनुभयो । उहाँले यसप्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्