१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीमा निरन्तर बर्षाका कारण सिमा सुरक्षामा खटिएका सशस्त्र मर्कामा


0
Shares

सर्लाही । सर्लाहीमा केही दिन देखि भईरहेको निरन्तर वर्षाका कारण सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी हैरान भएका छन् ।

करिव ५१ किलोमिटर लामो सिमा क्षेत्र रहेको सर्लाहीमा ११ वटा बोर्डर आउट पोष्ट बिओपी रहेको छ । सशस्त्र प्रहरीका ६ वटा नयाँ भवन कार्यालय छ भने ५ वटा पुरानो तथा जीर्ण भवन रहेको छ ।

पुरानो तथा जिर्ण भवनमा पानि चुहिने समस्याले सर्लाहीको सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी हैरान भएका हुन् । पानी पर्दा तथा हावाहुरी चल्दा आफ्नो ज्यान जोगाउने कि हतियार भन्ने दोधारमा आफूँहरु रहने गरेको सशस्त्र प्रहरिले गुनासो गरेका छन् ।

पछिल्लो समय सरकारले सिमा क्षेत्रमा आवतजावतमा रोक लगाउने निणर्य गरेसँगै यसको पनि जिम्मेवारी सशस्त्र प्रहरिलाई थप भएको छ ।

सीमा क्षेत्रको अधिकांश स्थानमा पानि जम्ने तथा राम्रो बाटो नभएकाले आवतजावतमा रोक लगाउन समेत गाह्रो हुने गरेको सशस्त्र प्रहरीले बताएका छन् ।

पानी नपर्दा जेनतेन साईकल तथा साना सवारी साधनको प्रयोग गर्न मिल्ने भएपनि निरन्तर वर्षाका कारण गस्तीमा निस्कन समेत प्रहरीलाई गाह्रो भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ।