२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको छ : प्रचण्ड


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनु भएकाे छ ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदै प्रचण्डले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताउनु भएकाे हाे ।

‘प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन,’ उहाँले भन्नुभयाे ‘पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुने छ ।’

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको उहाँकाे भनाई छ ।