२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025


कोइराला, प्रचण्ड र नेपाल युगान्तकारी संघर्षका महानायक: वामदेव गौतम


0
Shares

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायक नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ र नेकपा एमालेका तत्कालीन महासचिव माधव कुमार नेपाल भएको बताउनु भएको छ ।

गौतमले फेसबुकमा स्टाटस राख्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै नेता गौतमले त्यस्ताे बताउनु भएकाे हाे ।

‘नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौँ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ,’ उहाँ लेख्नुहुन्छ तर वि. स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरुमध्ये गिरिजा प्रसाद कोइराला हामीबीच हुनुहुन्न अरु दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।’

उहाँका अनुसार नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा थिए । तर त्याे बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिए भन्दै गाैतमले स्मरण गर्नु भएकाे छ।