१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


अमेरिकासँग खाेप माग्दै राष्ट्रपति भण्डारी, पठाइन् बाइडेनलाई पत्र


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनसँग खोपको सहयोग माग्दै पत्र पठाउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र अमेरिकाका लागि नेपाली राजदुत डा.युवराज खतिवडाले स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिङ्गालाई बुझाउनुभएको हो ।

मासिङ्गासँगको भेटमा खतिवडाले नेपालमा कोभिड–१९ र खोपको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै अमेरिकी सहयोगसँग खोप सहयोगको लागि अनुरोध गर्नुभएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । नेपालले अस्ट्राजेनिका र जोन्सन एण्ड जोन्सनको खोप सहयोगको अपेक्षा राखेको उल्लेख गर्दै खरिद प्रक्रियामा पनि सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ ।

जवाफमा मासिङ्गाले नेपालमा अहिले भइरहेको महामारीबाट भएको मृत्युप्रति सहानुभूति प्रकट गर्दै अमेरिकाी सरकारले कोभ्याक्स र द्विपक्षीय माध्यमबाट नेपाललाई अस्ट्राजेनिका खोपको निश्चित मात्र छिट्टै नै उपलब्ध गराउने आश्वासन दिनुभएको दूतावासले जनाएको छ ।

राष्ट्रपति भण्डारीले केही दिनदेखि खोपका लागि सक्रियता बढाइरहनुभएकोछ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको टेलिफोन वार्तापछि अमेरिकाले नेपाललाई १० लाख डोज भेरोसेल उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त खोप आइतबारसम्म नेपाल आइपुग्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको थियो ।