१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


तनहुँमा पहिरोले घर भत्कायो, च्यापिएर वृद्धाको मृत्यु


0
Shares

तनहुँ । बिहीबारदेखि लगातार भइरहेको वर्षाका कारण आएको पहिरोले तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका– १ निर्मलनगरकी ६२ वर्षीया सरस्वती घर्ती रहेकी छन् ।

गएराति ढुंगा खसेर घर भत्किँदा च्यापिएर गम्भीर घाइते भएकी घर्तीको उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमा परिवारका अन्य चार जना सदस्यहरू सुतिरहेको भए पनि उनीहरु भने भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।