१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घनश्याम भुसाल भन्छन्– म बाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु


0
Shares

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता घनश्याम भुसाले आफूले संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्नुभएको छ ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उहाँले संविधान र राजनीति रक्षाका लागि आफू उल्लङ्घनको विकल्प रोज्ज पुगेको स्पष्ट पार्नुभएको छ । लाखौं नेपालीको रगतपसिना बगेर आएको लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहने नेपालको आकाङ्क्षाको पक्षका आफूले निर्णय गरेको उहाँको भनाइ छ ।

उहाँले लेख्नुभएकाे छ, ‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।’

नेता भुसालले दलाल पुँजीवादको नेपालको संविधानमाथि आक्रमण गरिरहने आफ्नो अर्थराजनीतिक र भूराजनीतिक बुझाइ रहेको उल्लेख गर्नुभएको छ ।