३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीनवटा अध्यादेश जारी


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७८÷७९ को बजेटसम्बन्धी तीनवटा अध्यादेश जारी गर्नुभएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्ले बजेट भाषणका लागि राष्ट्रपतिसमक्ष तीनवटा अध्यादेश सिफारिस गरेको थियो । सोही राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्नुभएको हो ।

अध्यादेश जारी भएसँगै अर्थमन्त्री विष्णु पौडेलले ४ बजे प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयबाट केहीबेरमा बजेट भाषण गर्दै हुनुहुन्छ ।