१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु


0
Shares

चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।

आक्रमणबाट कालिका नगरपालिका–१ लालीगुराँस टोलकी ५५ वर्षीय तेजकुमारी सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउसो साँढे १२ बजेतिर चतुर्मुखी सामुदायिक वनमा निउरो खोज्न गएको समय गैँडाले आक्रमण गरेको हो ।

गम्भीर घाइते सुनुवारलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।