गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु • Image Khabar Image Khabar


गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु


Imagekhabar
१५ जेष्ठ २०७८, शनिबार १६:०७

गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।

आक्रमणबाट कालिका नगरपालिका–१ लालीगुराँस टोलकी ५५ वर्षीय तेजकुमारी सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउसो साँढे १२ बजेतिर चतुर्मुखी सामुदायिक वनमा निउरो खोज्न गएको समय गैँडाले आक्रमण गरेको हो ।

गम्भीर घाइते सुनुवारलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्