१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महिला स्वास्थ्य स्वंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि


0
Shares

काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शतप्रतिशत वृद्धि गरेको छ ।

शनिबार भएको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाएको घोषणा गर्नुभएको हो ।

यसअघि वार्षिक ६ हजार पाउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाले अब १२ हजार रुपैयाँ पाउने भएका छन् ।