
काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयको बजेट ३२ अर्ब बढाएको छ ।
शनिबार गरिएको २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य मन्त्रालयको बढाएर १ खर्ब २२ अर्ब ७७ करोड पुर्याउनुभएको हो ।
कोभिड–१९ को रोकथाम, व्यवस्थापन, उपचार र खोपका लागि भन्दै यसपटक बजेट बढाइएको हो । चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्