
काठमाडौं । सरकारले ल्यापटप खरिद गर्न विद्यार्थीलाई सहुलियत ऋण दिने भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सो भन्दा माथिका विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्याउने उद्देश्यले एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म सहुलियत कर्जा दिइने जानकारी दिनुभयाे ।
२ वर्ष अवधिको उक्त कर्जा १ प्रतिशत ब्याजदरमा उपलब्ध हुने उहाँले बताउनुभयाे । त्यस्तै १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्ड निशुल्क उपलब्ध गराउने पौडेलले घोषणा गरे ।
प्रतिक्रिया दिनुहोस्