
काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा प्रतिबन्ध लगाएको छ ।
शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा साउन १ गतेदेखि प्रतिबन्ध लगाउनुभएको हो ।
उहाँले त्यस्ता प्लास्टिक उत्पादन गर्ने उद्योगको उपकरण परिवर्तन गरेमा त्यस्ता उद्योगलाई सहुलियत दिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्