
काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षमा ३ सयवटा पुल निर्माण गर्ने भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पुल निर्माणका लागि ११ अर्ब १० करोड बजेट विनियोजन गरिएको बताउनुभएकाे हाे ।
सरकाले काठमाडौं-तराई फास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ छुट्याएको छ ।
यस्तै, चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयाे । तीनकुने-जडिबुटिमा सुरङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयाे ।
काठमाडौं-तराई फास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्