१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नारायणहिटीदेखि दशरथ रंगशालासम्म अत्याधुनिक सेन्ट्रल पार्क निर्माण गर्ने सरकारको घोषणा


0
Shares

काठमाडौं । सरकारले नारायणहिटीदेखि दशरथ रंगशालासम्म अत्याधुनिक सेन्ट्रल पार्कको रूपमा विकास गरिने जनाएको छ ।

शनिबार भएको आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिगत पार्किङसहितको खुलामञ्च, प्रदर्शनीस्थलसहितको भृकुटीमण्डप बनाइने जानकारी दिनुभयो ।

यस्तै उहाँले काठमाडौंका विभिन्न स्थानमा बहुतले पार्किङको व्यवस्था बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताउनुभयो ।