
काठमाडौं । सरकारले देशभरका १ सय २० वटा सीमा सुरक्षा बल (बीओपी) स्थापना गर्ने भएको छ ।
शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशभरका १ सय २० स्थानमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल स्थापना गर्न लागिएको बताउनुभयो ।
यस्तै त्रिभुवन विमानस्थलमा भएको सुरक्षाबललाई समेत बलियो बनाइने भएको छ । यस्तै सरकारले प्रहरीले खाइपाइ आएको रासन समेत वृद्धि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्