
एजेन्सी । भियतनाममा नयाँ प्रजातिको कोरोना भाईरस फेला परेको छ । बेलायती भेरिएन्ट र भारतीय भेरिएन्ट मिलेर बनेको यो नयाँ प्रजातिको भाईरस निकै खतरनाक भएको बताईन्छ ।
भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाईरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताएका छन् । सन् २०१९ को अन्त्यमा चिनको वुहानबाट कोरोना भाईरस सुरु भएयता हजारौं पटक यो भाईरस म्युटेट भइसकेको छ ।
सबै प्रजाति त्यती हानिकार नभएपनि भियतनाममा देखिएको पछिल्लो भेरिएन्टलाई अहिलेसम्मकै खतरनाक र संक्रामक मानिएको छ । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्